मारुती सिमेन्टले जागिर खोसेपछि युवतीले दिइन् ज्यान

सिरहा । सिरहा जिल्लामा रहेको मारुती सिमेन्ट उद्योगले एक जना स्थानीय गरिव परिवारकी २१ वर्षीया युवती अनिता पासवानको रोजगारी खोसिदिएपछि ज्यान दिएकी छिन् ।

मारुती सिमेन्ट उद्योगमा कार्यरत दलित परिवारकी पासवानलाई उद्योग व्यवस्थापन पक्षले रोजगारीबाट निस्काशन गरेपछि ज्यान दिएको आफन्तले बताएका छिन् ।

उद्योगका कारण पासवानले ज्यान दिएपछि आक्रोशित आफन्त र स्थानीयले मारुती सिमेन्ट उद्योगको अगाडि सडकमा मंगलबार प्रदर्शन भएको छ ।

प्रदर्शनकारीले मारुती सिमेन्ट उद्योगलाई कारबाहीको माग गरेका छन् ।

पासवानले ज्यान दिएपछि स्थानीय र आफन्तले सिरहा जिल्लाअन्तर्गत पर्ने पूर्वपश्चिम महेन्द्र राजमार्गको चोहर्वा सडकलाई मंगलबार अवरुद्ध बनाएर प्रदर्शन समेत गरेका छन् ।

दुई वर्षदेखि मारुती सिमेन्ट उद्योगमा कार्यरत दलित परिवारकी पासवानलाई अकस्मात उद्योगले हटाएपछि दैनिक गुजारा चलाउन समस्या पर्ने भएका कारण ज्यान दिएको हुन सक्ने स्थानीयले बताएका छन् ।

सिरहा जिल्लाको गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासवानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारबाट हटाएको थियो । त्यसपछि पासवानले ज्यान दिएको प्रहरीले जनाएको छ ।

मारुती सिमेन्टमा काम गर्ने मजदुर, स्थानीय लगायतले उद्योग अगाडि सडकमा टाएर बालेर प्रदर्शन गरेका थिए ।

Published : Wednesday, 2019 December 11, 9:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया