राष्ट्रियताको रक्षा र देश विकास कांग्रेसले मात्रै गर्न सक्छः प्रेमराज राई
ललितपुर । नेपाली कांग्रेस ओखलढुंगाका पूर्वसभापति प्रेमराज राईले मुलुक र राष्ट्रियताकाे रक्षा नेपाली कांग्रेसले मात्रै गर्ने बताएका छन् ।
ललितपुरको ढोलाहिटीस्थित निवासमा शनिबार भेट्न आएका नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा र नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँसँगको कुराकानीमा पूर्वसभापति राईले कम्युनिस्टहरूका कारण देशको राष्ट्रियता कमजोर भएको बताए ।
उनले ओखलढुंगाको विकास नेपाली कांग्रेसले मात्रै गर्नेभन्दै अब साढे दुई वर्षपछि हुने निर्वाचनमा रुख चिन्हमा मतदान गर्न अपील गरेका छन् ।
नेपाली कांग्रेसका नेता खतिवडाका अनुसार पूर्वसभापति राईले भने, ‘नेपाली कांग्रेसले मात्रै देश र जनताको पक्षमा काम गर्छ । कम्युनिस्टहरू राष्ट्रवादी हुँदैनन् । उनीहरूले आफ्नो स्वार्थका लागि जेपनि गर्न तयार हुन्छन् ।’
भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो सिमानाभित्र राखेकोमा आक्रोशित बनेका पूर्वसभापति राईले देशको सिमानाको रक्षाका लागि दुईतिहाइको कम्युनिस्ट सरकारलाई आग्रह गरेका छन् ।
उनले निर्वाचनका बेला राष्ट्रवादका ठूला कुरा गर्ने कम्युनिस्टहरू सिमाना मिचिदा कहाँ लुकेर बसेका छन् भनेर प्रश्न गरेका छन् ।
ओखलढुंगा कांग्रेसका पूर्वसभापति राई नेपाली कांग्रेसका पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य स्व.बलबहादुर राईका जेठा छोरा हुन् । बिरामी भएका राईले नियमित उपचार गराउँदै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया