घोराहीमा दुर्घटना, वलीको ज्यान गयाे
घोराही । दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको खैराचोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति भएको दुर्घटनमा १९ वर्षीय रेशम वलीको मृत्यु भएको हो ।
रोकिराखेको अवस्थामा रहेको रा १ त १९३८ नम्बरको ट्याक्टरको ट्रालीमा तुलसीपुरबाट नारायणपुरतर्फ आउँदै गरेको रा २ प ९३५० नम्बरको मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवारमध्येका रेशम वलीको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते दुवै जनालाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ पठाइएको थियो ।
मोटरसाइकलको पछाडि सवार वर्ष १८ का अमृत चौधरीको समान्य उपचार पश्चात कोहलपुर रिफर भई उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Published : Saturday, 2019 December 7, 9:15 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया