खेलाडीको पैसा भ्रष्टाचार गर्ने मन्त्रीहरू हटाउन खतिवडाको माग
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले खेल र खेलाडीहरूको पैसाले मन्त्रीहरूलाई निःशुल्क दौरासुरुवाल दिइएकोमा विरोध जनाएका छन् ।
युवा नेता खतिवडाले ट्वीट गर्दै खेलाडीहरूले कपडा र खेलकुदका सामाग्री नपाएर दुःखका साथ प्रतिस्पर्धा गरेको भन्दै मन्त्रीहरूको हर्कतको विरोध गरेका छन् ।
‘यो सरकारका मन्त्रीहरूलाई लाज भन्ने हुँदै हुँदो रहेनछ’, खतिवडाले भनेका छन्, ‘मन्त्रीहरू क्वाटर बसेर घर भाडा र खेलकुदको बजेटमा दौरा, सुरुवाल, कोट, जुत्ता, मोजा हरे !’
‘लुट्न सक्ने लुट, खेलाडीलाई छैन छुट !’, उनले भनेका छन्, ‘पदक जितेर इज्जत राख्ने खेलाडी, भ्रष्टाचार गर्ने मन्त्री । तु यस्ता मन्त्रीहरू हटाउन अनुरोध छ ।’
नेपाली खेलाडीहरूले खेल्ने क्रममा लगाउने कपडा पाएका छैनन् । शुटिङमा बन्दुक नहुँदा पाकिस्टानका खेलाडीसँग बन्दुक र भरतका खेलाडीसँग गोली मागेर नेपाली खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन् ।
साइकिलिङमा साइकल र ड्रेस नहुँदा नेपाली खेलाडीले सास्ती बेहोर्नुपरेको छ । तैपनि नेपाली खेलाडीहरूले मेडल जितेर देशको नाम राखेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया