गुरुङले गरिन् दुईतिहाइको दम्भ देखाउने भट्टराईको भण्डाफोर, औकातमा आए कम्युनिस्ट

दिक्तेल । खोटाङ जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफू खुसी विकास बजेट र कार्यक्रमहरूलाई दुरुपयोग गरेपछि नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

दिक्ततेल बजारमा बिहीबार पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसबाट प्रतिनिधि सभाकी सांसद हीरा गुरुङले कमयुनिस्टहरूको हर्कतको विरोध गरेकी छिन् । उनले विज्ञप्ति जारी गरेर बजेट वितरणमा भएको अनियमितताविरुद्ध आवाज उठाएकी हुन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट एकलौटी ढंगबाट कम्युनिस्टहरूले वितरण गरेपछि नेपाली कांग्रेसकी सांसद गुरुङ एक्सनमा उत्रिएकी हुन् ।

साझेदारी कार्यक्रमको ६ करोड बजेट नेकपाका प्रतिनिधिसभाका सांसद विशाल भट्टराईले एकलौटी रुपमा वितरण गरेका छन् । कम्युनिस्ट सांसद भट्टराईले बजेट र कार्यक्रम वितरणको सूचना नेपाली कांग्रेसकी सांसद गुरुङलाई दिएका छैनन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद एवम् समकक्षीलाई सूचना र जानकारी नगराई एकलौटी ढंगबाट आर्थिक वर्ष०७६–७७ को ६ करोड बजेट विभिन्न ३० वटा योजनामा कम्युनिसट सांसद भट्टर्राइले वितरण गरेको भन्दै नेपाली कांग्रेसकी सांसद गुरुङले आपत्ती जनाएकी छिन् ।

पिछडिएको क्षेत्र र भेगमा पूर्वाधार विकास गर्न विनियोजित रकम वितरण गर्दा समकक्षी सांसदलाई बेवास्ता गरेर कमिशन खाने नियत देखिएको कांग्रेस सांसद गुरुङले बताएकी छिन् ।

‘निहीत स्वार्थमा लोकतान्त्रिक पद्धतिको धज्जी उडाउँदै राज्यकोषको रकम प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले वितरण गर्नुभएको छ’, नेपाली कांग्रेसकी सांसद गुरुङले भनेकी छिन् ।

‘खोटाङ जिल्लामा रहेका प्रतिनिधि सभा सदस्यको बीचमा छलफल र समझदारीबाट बजेट विनियोजन गर्नुपर्ने नीति स्पष्ट हुँदाहुँदै म जिल्लामै रहेको बेलामा पनि कुनै सूचना र जानकारी नै नगराई एकलौटीढंगबाट बजेट विनियोजन गरिएको प्रति घोर निन्दा एवम् भर्त्सना गर्दछु’, बिहीबार दिक्तेलस्थित सगरमाथा होटलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी सांसद गुरुङले भनेकी छिन् ।

उनले खोटाङ जिल्लाको पिछडिएको क्षेत्र र भूभागको विकासका लागि स्थानीय राजनीतिक दल, संघ संस्था, समाजसेवी, स्थानीय समुदायको छलफल र समन्वय आवश्यक रहेको बताएकी छिन् ।

कम्युनिस्ट सांसद भट्टराईले निहीत स्वार्थ र भ्रष्टचार गर्ने मनसायले बजेट वितरण गरेको प्रष्ट देखिएको गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘जनताले तिरेको करबाट आएको बजेट आमसरोकारवाला पक्षसँग छलफल नगरी लहडमा वितरण रकम कार्यान्वयन नगर्न नगराउन सम्बन्धित पक्षलाई मेरो अनुरोध छ’, सांसद गुरुङले भनेकी छिन् ।

‘गत वर्ष पनि वितरण गरिएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको बजेटमा अपारदर्शिता र व्यापक भ्रष्टचार भएको देखिएकोले छानविन गर्न सम्बन्धित पक्षसँग आग्रह छ’, उनले भनेकी छिन् ।

कम्युनिस्ट सांसद भट्टराईले एकदिन अघिमात्र पत्रकार सम्मेलन गरेर स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड बजेट विभिन्न ३० वटा योजनाका लागि विनियोजन गरिएको जानकारी दिएका थिए ।

प्रतिनिधि सभाका संसदका लागि एक मात्र निर्वाचन क्षेत्र तोकिएको जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सबैभन्दा बढी बजेट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा र सबैभन्दा कम बजेट बराहपोखरी गाउँपालिकामा हालिएको छ ।

स्थानीय तथा प्रदेश सरकारले सडक निर्माणकै लागि बजेट खर्च गरिरहेको अवस्थामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको अधिकांश बजेट पनि सडकमै हालिएको छ ।

३० वटा योजनामध्ये १९ योजना सडक निर्माणसँग सम्वन्धित छन् ।

खोटाङमा दुईतिहाइको कम्युनिस्ट सरकारको धम्की दिएर नेकपाका सांसद भट्टराईले हालिमुहाली गर्दै आएका छन् । भट्टराईको भ्रष्टाचार र दादागिरीको कसैले विरोध नगरेपछि बाध्य भएर नेपाली कांग्रेसकी सांसद गुरुङले भण्डाफोर गरेकी हुन् ।

Published : Thursday, 2019 December 5, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया