कम्युनिस्टविरुद्ध काठमाडौंमा शुक्रबार विरोध सभा, विश्वप्रकाशले सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंले कम्युनिस्टहरूद्वारा गरेको अनियमितता र भ्रष्टाचारविरुद्ध विरोध सभा गर्ने भएको छ ।
कगेश्वोरी मनोहरा नगरपालिकामा कम्युनिस्ट मेयरको स्वयच्छाचारी गतिविधि, अनियमितता र भ्रष्टाचारविरुद्ध शुक्रबार नेपाली कांग्रेसले विरोध सभा गर्न लागेको हो ।
विरोध सभालाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य भीमसेनदाश प्रधान र नेपाली कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँलगायतले सम्बोधन गर्नेछन् ।
नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशबिक्रम शाहका अनुसार कम्युनिस्टहरूको ज्यादती बढ्दै गएपछि बाध्य भएर सडक संघर्षमा उत्रिनु परेको बताए ।
नेपाली कांग्रेसद्वारा गरिने विरोध प्रदर्शन अन्तर्गत शुक्रबार मंसिर २० गते बिहान साढे १० बजे कागेश्वोरी मनोहरा नगरपालिकाको प्राङ्गणमा बृहत विरोध सभा हुने सचिव शाहले बताए ।
उनले विरोध सभामा उपस्थित हुनका लागि समस्त कांग्रेसका नेता तथा कार्यकर्ता, जिल्ला समिति, क्षेत्रीय समिति, प्रदेश समिति, नगर समिति, इकाई समिति, कृयाशील सदस्यरू, भातृ संस्था एवम् शुभेच्छुक सम्पूर्णमा हार्दिक अनुरोध गरिएको बताए ।
कम्युनिस्ट मेयरको हर्कतविरुद्ध नेपाली कांग्रेस कागेश्वोरी मनोहर नगर संघर्ष समितिले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।
कागेश्वोरी मनोहरा नगरपालिका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ । यो नगरपालिका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको क्षेत्रमा पर्छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया