कम्युनिस्ट सरकारप्रति जनताको वितृष्णाः डा.महत

भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले जनता विधिको शासनका पक्षमा रहेको बताएका छन् ।

नेपाली कांग्रेस चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले उपनिर्वाचनमा कांग्रेसलाई ठाउँठाउँमा निर्वाचित गराएर जनताले यसअघि गरेको गल्ती सच्याएको बताए ।

उनले कम्युनिस्ट सरकारप्रति जनताको वितृष्णा जागेको बताए ।

‘जनताले अबको शक्तिका रुपमा कांग्रेसलाई लिएका छन्’, नेपाली कांग्रेसका नेता डा.महतले बताए ।

Published : Thursday, 2019 December 5, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया