भक्तपुर कांग्रेसले मतदाताहरूलाई दियो धन्यावाद, साथमा कम्युनिस्ट हराउने हिराेपनि
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले ‘रुख’ चिन्हमा मतदान गरेर पार्टीका प्रदेश सभाका उम्मेदवार कृष्णलाल भँडेललाई विजयी बनाउने मतदाताहरूलाई धन्यावाद दिएको छ ।
बुधबार भक्तपुरको चागुनारायण नगरपालिकाको वडा नम्बर ४ मा विशेष कार्यक्रम गरेर नेपाली कांग्रेस भक्तपुरले मतदाताहरूलाई धन्यावाद दिएको हो ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कृष्णलाल भँडेललाई मतदान गरेर विजयी बनाइदिएकोमा मतदाताहरूलाई धन्यावाद दिए ।
‘नेपाली कांग्रेसका उम्मदवारहरूलाई मतदान गरेर विजयी बनाइदिनुभयो । तपाईहरूलाई धन्यावाद दिन आएका छौँ’, उनले भने, ‘तपाईहरूले नेपाली कांग्रेस र कृष्णलाल भँडेलप्रति गर्नुभएको विश्वासलाई कहिल्यै पनि गुम्न दिने छैनौँ ।’
भक्तपुर क्षेत्र नम्बर १ ‘क’बाट विजयी भएका नेपाली कांग्रेसका प्रदेश सांसद कृष्णलाल भँडेलले पनि मतदाताहरूले आफूलाई गरेको विश्वासलाई कहिल्यै पनि डगमगाउन नदिने बताए । उनले आफ्नो क्षेत्रको विकासका लागि राति दिन लाग्ने बताए ।
धन्यावाद दिन आयोजित कार्यक्रममा सभापति थापाका साथै, प्रदेश सांसद भँडेल, कांग्रेसका सचिव निशान ढुंगेल, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया