मुस्लिम आयोगद्वारा लोक सेवाको निःशुल्क कक्षा सञ्चालन
काठमाडौं । मुस्लिम आयोगले लोक सेवा आयोगका तयारी कक्षा निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ ।
मुस्लिम समुदायका प्रशिक्षार्थीहरूका लागि शाखा अधिकृत तहको प्रथम पत्रको निःशुल्क तयारी कक्षा सञ्चालन गर्न लागिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए ।
तयारी कक्षाका लागि आयोगले ५० जना तोकेको छ । त्यसका लागि न्यूनतम स्नातक तह उत्तीर्णले आयोगको कार्यालय जावलाखेलमा आवेदन दिन सक्नेछन् ।
तयारी कक्षा काठमाडौंमा सञ्चालन हुने आयोगले जनाएको छ ।
तयारी कक्षका लागि नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको फाटोकपी, हालसालै खिचेको पासपोर्ट साइजको फोटो एक थान हुनुपर्नेछ ।
आवेदन गर्ने अन्तिम मंसिर २४ गते मंगलबारसम्मका लागि तोकिएको छ । आयोगले यसअघि पनि तयारी कक्षाहरू निःशुल्क रुपमा सञ्चालन गरेको थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया