खनाल–पोखरेलले प्रचण्डलाई धुम्बाराहीमा दिए झट्का

काठमाडौं । दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा अध्यक्षता गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठकमा दुई ठूला शीर्ष नेताहरू अनुपस्थित भएका छन् ।

खड्गप्रसाद ओली अस्पतालमा उपचार गराइरहेका बेला दाहालेको अध्यक्षतामा बुधबार सचिवालयको बैठक बसेको हो ।

सचिवालय सदस्यद्वय वरिष्ठ नेता झलनाथ खनाल र उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल सचिवालयको बैठकमा अनुपस्थित रहेका हुन् ।

खनाल र पोखरेल बैठकमा अनुपस्थित भएको विषयमा नेकपाले औपचारिक रुपमा जानकारी दिएको छैन ।

स्रोतका अनुसार खनाल र पोखरेलले दाहाललाई महत्व नदिएका कारण बैठकमा अनुपस्थित भएका हुन् । दाहालले एक दिन अगाडि नै केन्द्रीय सचिवालयको बैठक बस्न लागेको सूचना जारी गराएका थिए ।

दाहाललाई अहिले पनि पूर्वएमाले निकटका नेताहरूले रुचाउँदैनन् भन्ने संकेत बुधबारको सचिवालय बैठकमा देखिएको नेकपाका एक जना केन्द्रीय सदस्यले बताए ।

Published : Wednesday, 2019 December 4, 2:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया