गैँडाकोटमा जुनियर युवा रेडक्रसको गोष्ठी
शान्ति भुषाल
गैंडाकोट । नेपाल जुनियर युवा रेडक्रस जिल्ला समिति नवपलुरको आयोजना र नमूना माविको आतिथ्यतामा सञ्चालित २ दिने जुनियर युवा रेडक्रस गोष्ठी गैंडाकोटमा सम्पन्न भएको छ ।
७० विद्यालयका २ सय ३० जना शिक्षक नायक, जुनियर युवा रेडक्रस सर्कलका पदाधिकारी सहभागी रहेको गोष्ठीले जिल्लामा सञ्चाल गरी शैक्षिक वर्ष ०७६–०७७ का लागि वार्षिक कार्ययोजना तय गरेको नेपाल जुनियर युवा रेडक्रस जिल्ला समिति नवपलुरका संयोजक केबी रानाले जानकारी दिए ।
गोष्ठीले मानवीय सेवा, विपद व्यवस्थापन, ट्राफिक सचेतना, लागूऔषद्य न्यूनीकरण, शैक्षिक गुणस्तर वृद्धि, बालमैत्री विद्यालय निर्माण अभियान, जीवन जिउने कला, नेतृत्व विकास, बाल प्रतिभाको खोजी, तनाव व्यवस्थापन, विभिन्न विद्यामा स्वंयम सेवक प्रशिक्षक तयार गर्ने, लैंङ्गिक हिंसा न्यूनीकरण लगायत कार्यक्रम सञ्चालन गर्ने निर्ण गरेको समितिका संयोजक रानाले बताए ।
उनका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा फागुनभित्र गाउँपालिका र नगरपालिकास्तरीय जुनियर युवा गोष्ठी गर्ने, संरक्षक र शिक्षक नायकको अवलोकन भ्रमण प्राथामिक उपचार, आर्ट अफ लिभिङ्ग प्रशिक्षक प्रशिक्षण, जिल्लास्तरीय वक्तृत्व कला प्रतियोगिता, हाजिरी जवाफ, नृत्यकला, वादविवाद, निबन्ध प्रतियोगिता नेतृत्व विकास तालिम लगायत कार्यक्रम गर्ने निर्णय गरेको छ ।
गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी चितवनका उपसभापति विदुर केसीले रेडक्रस बारेमा, आर्ट अफ लिभिङ्गका वरिष्ठ प्रशिक्षक विष्णु पाण्डेले जीवन जिउने कला, प्राकृतिक चिकित्सा सामुदायिक अस्पताल रजहरका डा.संग्राम पुरीले दैनिक आहार विहार, प्राकृतिक उपचार पद्वतिको महत्व, संयोजक केबी रानाले युवा जुनियर युवा रेडक्रस नीति, कार्यक्रम, नेतृत्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिए ।
रेडक्रस रजहर उपशाखा सचिव निराजन महतोले प्राथामिक उपचार, ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख दीपककुमार कार्कीले लागूऔषध न्यूनीकरण, ट्राफिक प्रहरी कार्यालय गैंडाकोटका सहायक प्रहरी निरीक्षक महाप्रसाद ढकालले सडक सुरक्षा विषयमा प्रशिक्षण दिए ।
तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाईटी नवलपुर जिल्ला सभापति मदनभक्त अधिकारी, गण्डकी प्रदेश सदस्य केशव अधिकारी, नमूना माविका प्रिन्सिपल गोपेन्द्र केसरी न्यौपाने, नेपाल शिक्षक महासंघ नवलपुर अध्यक्ष मोहनलाल कलवार, शिक्षक नायक कुशुम न्यौपाने लगायतले गोष्ठीले जुनियर युवा रेडक्रस अभियानमा नयां उर्जा थप्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम नेपाल जुनियर युवा रेडक्रस जिल्ला समिति नवपलुरका संयोजक केबी रानाको अध्यक्षता सम्पन्न भएको थियो ।
गोष्ठीमा सहभागीहरूले पर्यटन प्रवर्द्वनका लागि मौलाकालिका मन्दिरसम्म सचेतना मुलक पैदल यात्रा गरी एक रात मन्दिर परिसरमै बसेर सांस्कृतिक कार्यक्रम गरेका थिए ।
मौलाकालि मन्दिर व्यवस्थापन समितिका अधयक्ष सालिकराम सापकोटाले युवा विद्यार्थी मौलाकाली मन्दिरमा बास बसेर धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटन प्रवर्द्वनप्रति चासो राखेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया