बर्दघाटमा कांग्रेसको वडा भेला, मिलेर जान सुझाव

बर्दघाट । नेपाली कांग्रेसको बर्दघाट नगरपालिका वडा नम्बर ४ ले वडा भेला आयोजना गरेको छ ।

नगर वडा कार्यसमिति ४ ले मंगलबार बर्दाघटनमा भेलाको आयोजना गरेको हो । भेलामा वडाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस नवलपरासीका नेता बिक्रम खनालका अनुसार पार्टी संगठनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा भेलामा छलफल भएको बताए ।

भेलामा धारणा राख्ने नेताहरूले नेपाली कांग्रेसलाई वडामा बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने सहमति भएको नेता खनालले बताए ।

कम्युनिस्टहरूले जित्दा गाउँका जनतालाई झन् समस्या र कष्ट भएको भन्दै भेलाका सहभागीहरूले व्यक्तिगत स्वार्थलाई त्यागेर नेपाली कांग्रेसलाई बलियो बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।

Published : Tuesday, 2019 December 3, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया