मह धेरै खाएपछि ड्याम्म ढले नेकपाका सांसद

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सांसद जगत सिंखडा काठमाडौंको कोटेश्वरस्थित पेरिशडाँडामा रहेको पार्टी कार्यालयमा ढलेका छन् ।

मजदूर विशेष जिल्ला कमिटीको मंगलबार बैठक चलेका बेला उनी बेहोस भएर ढलेका हुन् ।

सिंखडालाई तत्काल नै नर्भिक अस्पताल थापाथली लगिएको थियो ।

चिकित्सकले भीर मौरीको महले ब्लड सर्कुलेसनमा समस्या भएकाले सिंखडा बेहोस भएको बताएका छन् ।

प्रदेश सांसद सिंखडाको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको रहेको नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. शिवजीविक्रम सिलवालले जानकारी दिए ।

भीर मौरीको महले रक्तसञ्चारमा समस्या ल्याएर सांसद सिंखडा बेहोस बनेका उपचारमा संलग्न सिलवालको भनाइ छ ।

सिंखडा प्रदेश तीनका सांसद हुन् । उनी नेकपाका मजदूर विशेष जिल्ला कमिटीका अध्यक्ष पनि हुन् ।

Published : Tuesday, 2019 December 3, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया