अष्ट्रेलियामा जन्मियो कांग्रेसको शुभेच्छुक संस्था
सिड्नी । नेपाली कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समिति अस्ट्रेलिया (एनएसडब्लु) राज्य समिति गठन भएको छ ।
इथान शाक्यको अध्यक्षतामा समिति गठन भएको हो । नेपाली कांग्रेसप्रति आस्था राख्ने प्रजातन्त्रवादीहरूको सिड्नीमा सम्पन्न बृहत् भेलाले राज्य समिति गठन गरेको छ ।
भेलाले समितिको उपाध्यक्षमा रामजी बस्नेत, महामन्त्रीद्वयमा सूर्य खनाल र निजन चौलागाइँ, सह–महामन्त्रीमा स्वतन्त्र बस्नेत, कोषाध्यक्षमा सोभितजंग कुँवरलाई चयन गरेको छ ।
सदस्यहरूमा अर्जुन गौतम, सागर काफ्ले, श्रीपत तिवारी, कृष्ण पोखरेल, पुष्कर भट्ट, सन्देश राजभण्डारी, परमानन्द शाह र सुभम सिंह रहेका छन् ।
समितिको सल्लाहकारहरूमा डा.देबेन्द्र सापकोटा, प्रकाश हुमागाइँ, लक्ष्मण सापकोटा र भुपाल सिटौलालाई चयन भएका छन् ।
मुलुकभन्दा सात समुन्द्रपारी कर्मभूमिमा विचारले जोडिएका प्रजातन्त्रवादीहरूबीच देखिएको असमझदारीलाई आपसी छलफलबाट समाधान गर्न सकिने र फुटेर होइन जुटेर जानुपर्ने अहिलेको परिस्थितिमा समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया