कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो
काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपियाँ बढाएको छ ।
नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।
काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपियाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपियाँ पुगेको छ ।
एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन ।
Published : Monday, 2019 December 2, 8:52 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया