एक लाख घुस खाने नेकपाका ‘धुन्दुकारी’ गाउँपालिका अध्यक्ष

कालिकोट । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाइँको कमिसन धन्दा सार्वजनिक भएको छ ।

तत्कालीन एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखि नै चौलागाइँले सेटिङमा कमिशन लिने गरेको आरोप लाग्दै आएको थियो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तरर्गत फिल्ड साहायक पदमा जागिर मिलाई दिन्छु भन्दै अध्यक्ष चौलागाइँले एक लाख घुस लिएको प्रमाण भेटिएको छ ।

गाउँपालिका अध्यक्ष चौलागाइँले स्थानीय भुपेन्द्र तिमिल्सेनाबाट १ लाख रुपियाँ घुस लिएका हुन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विभिन्न स्थानीयतहमा ठूलो संख्यामा कर्मचारी माग गरेको थियो ।

फिल्ड सहायक पदमा नाम निकाल्छु भन्दै रकम उठाउने गरेका हुन् ।

गाउँपालिका अध्यक्ष चौलागाइँले एक लाख सापटी लिएको बताएका छन् ।

नाम निकाल्न सकस भएपछि एक लाख फिर्ता दिने मौखिक सहमति भएको छ ।

एक लाख बराबरको घुस दिनेले व्याज मागेपछि ब्याज नदिएरै रकम फिर्ता गर्ने सुरमा अध्यक्ष चौलागाइँ छन् ।

फिल्ड सहायकका लागि शुभकालिका गाउँपालिकाका २ जना अन्तर्वार्ताका लागि छनोटमा परेका थिए ।

भुपेन्द्र तिमिल्सेना र गोविचन्द्र तिमिल्सेना, अन्तर्वार्ताका लागि छनोटमा परेपछि आफ्नो नाम निकाल्नका लागि १ लाख घुस दिएका भुपेन्द्रको नाम सफल नभएपछि अध्यक्ष चौलागाइँसँगको फोन रेकर्ड बाहिरिएको छ ।

फोन रेकडमा आफूले १ लाख लिएको तर नाम ननिक्लेपछि फिर्ता गर्ने अध्यक्ष चौलागाइँले बताएका छन् ।

भुपेन्द्र तिमिल्सेनाले आफूले गाउँपालिका अध्यक्षलाई घुस भनेर एक लाख नदिएको बताएका छन् ।

उनले फोन रेकडमा भने आफूले नाम निकाल्दिने भन्दै रकम दिएको बताएका हुन् ।

उनको यी दुवै रेकड सुन्ने हो भने एक लाख भन्दा धेरै अन्यबाट आर्थिक चलखेल भएको अनुमान गर्न सकिन्छ ।

गाउँपालिका अध्यक्षको यो हर्कतले नेकपा शुभकालिकाका स्थानीय नेता आक्रोसित बनेका छन् ।

सरकारको कानून तोड्ने चौलागाइँलार्ई पार्टीबाट पनि निलम्वन गरिनुपर्ने चौतर्फी आवाज उठेको छ ।

अध्यक्ष चौलागाइँले पैसाको बार्गेनिङ गरेका अन्य प्रमाण पनि भेटिएको छ ।

Published : Thursday, 2019 November 28, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया