अनेरास्ववियुका यी नाइकेहरूलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले नेपाल कमर्श क्याम्पस, मीनभवनमा बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसंघका नेता तथा कार्यकर्तामाथि सांघातिक आक्रमण गर्नेहरूलाई कारबाहीको माग गरेको छ ।
नेपाली कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरेर मीन भवनस्थित नेपाल कमर्स क्याम्पसमा नेविसंघका नेता तथा कार्यकर्तामाथि आक्रमण गर्नेहरूलाई कारबाहीको माग गरेको हो ।
अनेरास्ववियुका बीचमा छलफल भई बाहिर निस्कने क्रममा सो क्याम्पसका अनेरास्ववियुका अध्यक्ष बम रावलको निर्देशनमा विमल भट्टराई, दीपेन्द्र क्षेत्री, दिवस सापकोटा, प्रकाश रावल लगायतका समूहले नेपाल विद्यार्थी संघ इकाई सभापति सरोज तिमिल्सिना, निरज शाह लगायत १० जना विद्यार्थीलाई सांघातिक रुपमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
सरोज तिमिल्सिना र निरज शाह गम्भीर घाइते भई ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भैरहेको छ ।
घटनाको एक घण्टापछि नेपाल प्रहरीको डीएसीको नेतृत्वमा पुगेका सुरक्षाकर्मीले समेत अनेरास्ववियुका विद्यार्थीलाई संरक्षण गर्दै नेविसंघका विद्यार्थीलाई निर्घात रुपमा पिट्ने काम गरेको कांग्रेसले जनाएको छ ।
सुरक्षाकर्मीबाट नेविसंघ नेता दुजङ शेर्पा लगायत धेरै विद्यार्थी घाइते भएको नेपाली कांग्रेसले जनाएको छ ।
‘शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीमाथि अनेरास्ववियुबाट भएको सांघातिक आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ’, नेपाली कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणकारी अनेरास्ववियुका विद्यार्थी एवं संलग्न सुरक्षाकर्मीहरुलाई कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस जोडदार माग गर्नुका साथै घाइते विद्यार्थीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया