खसी माग्ने डीएसपीविरुद्ध शनिबार तरुणले प्रदर्शन गर्ने
नेपालगञ्ज । नेपाल तरुण दल बाँकेले ईलाका प्रहरी कार्यालय कोहलपुरका ईञ्चार्ज एवम् डीएसपी हेमबहादुर शाहीको हर्कतको विरोधमा चक्का जामको कार्यक्रम घोषणा गरेको छ ।
तरुण दलले शनिबार बिहान ११ बजे कोहलपुरको चौराहमा चक्का जामको कार्यक्रम राखेको छ ।
डीएसपी शाहीले नेपाल तरुण दलका नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजंग शाहसहित छ जनालाई हतियार राखेको अभियोग लगाउँदै पक्राउ गरेको र खसी माग्दा नपाएको झोँकमा तिघ्रा छेड्ने भनेर दिएको धम्कीको विरोधमा तरुण दलले चक्का जामको घोषणा गरेको हो ।
चक्का जामको कार्यक्रममा सहभागी हुन नेपाल तरुण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्काले जानकारी दिएका छन् ।
डीएसपी शाहीले दशैँमा तरुण दलले खसी नदिएको झोँकमा गोली हानेर तिघ्रा छेड्ने धम्की दिएको अडियो सार्वजनिक भएपछि आलोचना भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया