कम्युनिस्ट अधिनायकवाद अन्त्यका लागि तराईबाट निधिको आह्वान, तालीले स्वागत
जनकपुरधाम । धनुषामा नेपाली कांग्रेसले दशैँ, तिहार, छठ लगायतका पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्न चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ४ धनुषाले बुधबार चियापान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले उपनिर्वाचनमा कांग्रेसको जित निश्चित रहेको बताए ।
‘उपनिर्वाचनलाई कांग्रेसले जसरी पनि जित्नुपर्छ । कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई जिताउनुपर्छ’, उनले भने, ‘कम्युनिस्टहरूको अधिनायकवादलाई रोक्न पनि उपनिर्वाचनमा कांग्रेसको जित हुनुपर्छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू आनन्द ढुंगाना, महेन्द्र यादव, रामसरोज यादव, चन्द्रमोहन यादव, महेशशंकर गिरी, सन्तोष यादवलगायतको उपस्थिति रहेको थियो ।
चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया