कम्युनिस्टहरूले देखे सानेपामा तरुण दलको शक्ति, मनाइयो स्थापना दिवस (तस्वीर)
काठमाडौं । नेपाल तरुण दलले आफ्नो ६६औँ स्थापना दिवस भव्यताका मनाएको छ ।
ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय परिसरमा आइतबार नेपाल तरुण दलले आफ्नो स्थापना दिवस भव्यताका साथ मनाएको हो ।
चियापान तथा शुभकाम आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, सहमहामन्त्री डा.प्रकाश शरण महत, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकुष्ण खाँण, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गरेका थिए । कार्यक्रमको सञ्चालन उपाध्यक्ष उत्तम चापागाइँ तथा स्वागत मन्तव्य कोषाध्यक्ष विद्वान गुरुङले गरेका थिए ।
पाँच हजारभन्दा धेरै युवा तथा तरुणहरूको उपस्थिति रहेको नेपाल तरुण दलको ६६औँ स्थापना दिवसलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै शुभकामना दिएका थिए ।
देउवाले आउँदै गरेको उपनिर्वाचनमा युवा तरुणहरूले विशेष भूमिका खेल्नुपर्ने बताए ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले तरुण दलले तिहारपछि पूर्णता पाउनेमा आफू विश्वस्त रहेको बताए । उनले तरुण दलले उपनिवार्चनमा विशेष भूमिका खेल्ने बताए ।





बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया