बाढी पहिरोबारे कांग्रेसको मन छुने निर्णय, विधान मस्यौदा सर्वसम्मतिले पारित
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संशोधित नियमावलीको मस्यौदालाई सुझावसहित सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विधानलाई सर्वसम्मतिले पारित गरेको हो ।
‘जारी केन्द्रीय कार्यसमितिको बैठकमा प्रथम दिन असार २२ गते प्रस्तुत पार्टीको संशोधित नियमावलीको मस्यौदा उपर आवश्यक साथीहरूसँग सल्लाह गरी प्राप्त सुझावहरूलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको छ’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेसले मुलुकको विभिन्न भागमा केही दिन यता अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिलाई मध्यनजर राखी जारी बैठक केही दिनका लागि स्थगित गरेर उद्धार र राहतको कार्यमा समर्पित हुने निर्णय गरेको छ ।
उद्धार र राहतको अभियानमा सहभागिता पश्चात केन्द्रीय कार्यसमितिको बैठक साउन ७ गते दिउँसो १ बजे पुनः बस्नेछ ।
000
असार २९, २०७६
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।
‘नेपाली कांग्रेसको नियमावली, २०७६’ का सन्दर्भमा छलफल केन्द्रित रहेको आजको बैठकमा— नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., महेश आचार्य, बालकृष्ण खाँण, रमेश रिजाल, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, उमाकान्त चौधरी, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, बीरबहादुर बलायर, रमेश लेखक, बहादुरसिंह (लामा) तामाङ, शिवप्रसाद हुमागाँइ, केन्द्रीय आमन्त्रित सदस्यहरु— किरणराज शर्मा पौडेल र रमा कोइराला पौडेलले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
बैठकको निर्णय देहाय बमोजिम रहेको छ—
नियमावली सम्बन्धमा
जारी केन्द्रीय कार्यसमितिको बैठकमा प्रथम दिन असार २२ गते प्रस्तुत पार्टीको संशोधित नियमावलीको मस्यौदा उपर आवश्यक साथीहरुसँग सल्लाह गरी प्राप्त सुझावहरुलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी आजको बैठकले सर्वसम्मतिले पारित गरेको छ ।
राहतका लागि बैठक स्थगन बारे
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले मुलुकको विभिन्न भागमा केही दिन यता अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिलाई मध्यनजर राखी जारी बैठक केही दिनका लागि स्थगित गरेर उद्धार र राहतको कार्यमा समर्पित हुने निर्णय गरेको छ ।
उद्धार र राहतको अभियानमा सहभागिता पश्चात केन्द्रीय कार्यसमितिको बैठक २०७६ श्रावण ७ गते दिउँसो १:०० बजे बस्नेछ ।
समवेदना
नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति, पूर्व सांसद एवं महाधिवेशन प्रतिनिधि ७२ वर्षीय रूद्रमणि शर्मा भण्डारी, गुल्मीका पूर्व महासमिति सदस्य ७९ वर्षीय खड्गबहादुर खत्री, पर्वतका पूर्व सचिव ६५ वर्षीय सोमलाल आचार्य, बाराका पूर्व महासमिति सदस्य ६५ वर्षीय रामवावु चौधरी, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका वरिष्ठ कार्यालय सहायक सुदर्शन मेहर कायस्थ, केन्द्रीय कार्यसमितिका सदस्य चिनकाजी श्रेष्ठको पिता एवं पूर्व गाउँ सभापति पुण्यप्रसाद श्रेष्ठ, पार्टीका आमन्त्रित केन्द्रीय सदस्य आनन्द (गोरख) विष्टकी ममतामयी माता ९० वर्षीय कमलादेवी विष्ट, धापासीका पूर्व गा.वि.स. अध्यक्ष गोपालकृष्ण आले, रुपन्देहीका पूर्व जिल्ला सदस्य ७० वषीय भाष्कर शर्मा ढकाल र धादिङ जिल्ला कार्यसमितिका पूर्व सदस्य राम तामाङ्गको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । उहाँहरुले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा पु¥याउनु भएको सक्रिय योगदानको नेपाली कांग्रेस स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना गर्दछ । साथै, उहाँहरुका सबै शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया