वर्षाका कारण २८ जनाको मृत्यु, ६४ जनाको उद्दार
काठमाडौं । अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी २८ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षद्वारा जारी विज्ञप्ति अनुसार शनिबार अपरान्हसम्म बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् । ११ जना घाइते भएका छन् ।
बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १–१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको छ ।
प्रहरीका अनुसार बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ ।
बाढी पहिरोमा परी काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा ३–३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २–२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १–१ जना गरी २८ जनाको ज्यान गएको विज्ञप्तिमा उल्लेख छ ।
मकवानपुरमा ३ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १–१ जना गरी ११ जना घाइते भएका छन् ।
सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा १–१ जना गरी १६ जना वेपत्ता भएका छन् ।
बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानहरूमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्दार तथा वेपत्ताको खोजी कार्य जारी रहेको छ ।
विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया