पत्रकारहरूले निकाले काठमाडौंमा र्‍याली, सरकारलाई सुध्रिन चेतावनी

काठमाडौं । समाचार लेखेकै भरमा पत्रकारहरूले जेल परिरहेका बेला नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वन्त्रताका लागि ऐक्यवद्धता र्‍याली निकालेको छ ।

२६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासघंले बुधबार बिहान काठमाडौंमा र्‍याली निकालेको हो । बबरमहलदेखि नयाँवानेश्वरसम्म प्रभात फेरी निकालिएको पत्रकार महासंघका उपसभापति विपुल पोखरेलले जानकारी दिए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अघि बढाएको महासंघको अभियानमा पत्रकार, पेशाकर्मी नारिक अधिकारकर्मी, बुद्धिजीवी, युवा, विद्यार्थी तथा श्रमजीवीहरु सहभागी भई ऐक्यवद्धता जनाएका थिए ।

प्रभात फेरीमा पत्रकार महासंघका उपत्यकाका तीनवटै जिल्ला शाखा, उपत्यका प्रदेश समिति लगायतमा आवद्ध पत्रकारहरूसहभागी भएका थिए ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता, लोकतन्त्र र नागरिक अधिकारको अभियानमा अझै संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सञ्चार क्षेत्रलाई संघीय ढाँचामा लैजान नसकिएको भन्दै पत्रकारहरूले न्युन तलवमा काम गर्नुपर्ने बाध्यता रहेको बताए ।

३ वटै तहले बनाउने नीति तथा कानूनहरूलाई प्रेस स्वतन्त्रता मैत्री बनाउनका लागि महासंघले पहल गर्नुपर्ने बताएका छन् ।

अहिले पनि सञ्चार क्षेत्रमा संघीयता नआएको भन्दै अध्यक्ष आचार्यले संचार सम्बन्धी कानूनलाई प्रेस स्वतन्त्रतामुखी बनाउन सबै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले समाचार लेखेकै भरमा पत्रकारहरू थुनामा पर्नु बिडम्बना भएको बताए ।

‘पत्रकारहरूलाई समाचार लेखेकै भरमा पक्राउ गर्नु उचित होइन’, उनले भने, ‘आउने दिनमा पनि सरकार र प्रहरी प्रशासनको यस्तै रबैया कायम रहे पत्रकारहरू सकडमा आउन बाध्य हुनेछन् ।’

Published : Wednesday, 2019 May 1, 4:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया