मुख्यमन्त्रीको गृहजिल्लामा व्यापारीले काण्ड गरे

बेशिसहर । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका ९ भोटेवडारका ४० वर्षीय शम्भुलाल श्रेष्ठ बालिका बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

भोटेवडार उद्योग वाणिज्य संघको उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई प्रहरीले १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

मंगलबार बालिकालाई घुम्न जाउँ भनेर फकाउँदै सुन्दरबजार नजिकै रहेको विद्युत गृहको ड्याममा लगेर श्रेष्ठले बालिका बलात्कार गरेको अभियोग लागेको छ ।

पीडित बालिकाले श्रेष्ठले आफूलाई बलात्कार गरेका बारेमा आमालाई भनेपछि पीडित परिवारले प्रहरीलाई उजुरी दिएका थिए ।

उजुरीपछि श्रेष्ठलाई प्रहरीले सिउँडीबारबाट बुधबार पक्राउ गरेको लमजुङका डिएसपी यादव ढकालले बताए ।

लमजुङ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको गृहजिल्ला हो । मुख्यमन्त्रीकै जिल्लामा बालिका बलात्कार भएपछि सुरक्षाको चिन्ता बढेको छ । मुख्यमन्त्री गुरुङ पूर्वएमाले निकटका हुन ।

Published : Monday, 2019 April 29, 12:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया