दाङको तुलसीपुरमा बस दुर्घटना

घोराही । दाङ जिल्लामा यात्रु बोकेको बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन् ।

आइतबार बस तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ६ हात्तीखौवामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट बिराटनगरतर्फ जाँदै गरेको ना ५ ख २२३४ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी ६ मिटर तल खसेको थियो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । अन्य यात्रुहरूको अवस्था सामान्य रहेको छ ।

घाइते हुनेमा घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर बस्ने ३२ वर्षीया वसन्ता अधिकारी, बबई गाउँपालिका ५ रगैचाका मीन बिकको १२ वर्षीय छोरा समिर बिक तथा १० वर्षीय अर्जुन बिक, घोराही उपमहानगरपालिका १ बुकाका ४८ वर्षीय केशवराज पाण्डे, मोरङ जिल्ला चकुवा गाउँपालिका ५ का ५३ वर्षीय पवललाल मण्डल र सुनसरी जिल्ला ईनरुवा गाउँपालिका ३ महेन्द्रटोल बस्ने ३७ वर्षीया कमला सुबेदी रहेका छन् ।

Published : Sunday, 2019 April 28, 6:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया