दार्चुलामा वडा खाली हुने गरी सत्तारुढ नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

दार्चुला । दार्चुला जिल्लामा नेपाली कांग्रेसमा प्रवेशको लहर बढेको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा शनिबार एकै वडाका ८० जनाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडुले नेकपाका नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

काडापारीमा आयेजित कार्यकर्ता भेटघाट कार्यक्रममा ८० जना एकसाथ नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस शैल्यशिखर नगर कार्यसमितकिा सभापति मोहन साउदले जानकारी दिए ।

नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूमा शैल्यशिखर नगरपालिका ४ कांडापारीका स्थानीय नेकपाका नेता कृष्ण बोहरा र दलित अगुवा शंकर महर रहेका छन् । उनीहरूको नेतृत्वमा एउटै वडाका ८० जनालाई केन्द्रीय सदस्य बडुले नेपाली कांग्रेसको साधारण सदस्यता प्रदान गरेका छन् ।

नेपाल तरुण दल शैल्यशिखर नगरका अध्यक्ष सुरेश विष्टका अनुसार नव प्रवेशी युवाहरूलाई नगर तरुण दलमा समेत समावेश गरिएको छ ।

सरकारको कार्यशैलीका कारण देशभरि कांग्रेसको पक्षमा जनलहर बढ्दै गएको नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य बडुले बताएका छन् ।

वर्तमान कम्युनिस्ट सरकारले जनताको पक्षमा काम गर्न नसकेकोले सत्ताधारी पार्टीप्रति जनातामा वितृष्णा पैदा भएको उनले बताए । नेता बडुले भने, ‘अबको यस स्थानको विकासको जिम्मा नेपाली कांगे्रसको हो । यस वडामा गर्नुपर्ने सम्पूर्ण विकास स्थानीय तहबाट तत्काल सुरुवात गरिनेछ ।’

नव प्रवेशीहरूलाई स्वागत गर्दै नेपाली कांग्रेसमा सबैलाई उचित जिम्मेवारी प्रदान गरिनेछ ।

अबको दिनमा कांडापारीको विकासको लागि नेपाली कांग्रेसको पहिलो प्राथमिकतामा राखेर नगरपालिकाबाट कार्यक्रम संचालन गरिने नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले बताए ।

लामो समय कम्युनिष्ट पार्टीमा रहेका काडांपारीका जनताले कम्युनिष्टको दुई तिहाई सरकार हुँदा समेत आफनो गाउँको आधारभूत आवश्यकता खानेपानी, बाटो, नेकपाले निर्वाचनमा गरेको आश्वासनअनुसार गाउँमा विद्युत, विद्यालय, स्वास्थ्यमा सुधारको लागि कुनै पहल नगरेको पार्टी छाडेकाहरूले आरोप लगाए ।

नेपाली कांग्रेसमा प्रवेश गरेको नव प्रवेशी कृष्ण बोहराले कम्युनिस्टका नाममा गाउँका गरिव जनतालाई धोका दिइरहेको बताए ।

Published : Sunday, 2019 April 28, 9:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया