मुस्लिम समुदायको शिक्षा मेरो प्राथमिकताः समिम अन्सारी
विराटनगर । राष्ट्रिय मुस्लिम अधिकार मञ्चले राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीको स्वागत र सम्मान गरेको छ ।
मञ्चले विराटनगरमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले आयोगका अध्यक्ष अन्सारीलाई बधाइ दिँदै सम्मान गरेकी हुन् ।

नेतृ कोइरालाले मुस्लिमहरूको अधिकारका लागि राष्ट्रिय मुस्लिम आयोगले विशेष भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताइन् । नेतृ कोइरालाले मुस्लिमका अधिकारलाई संविधानले पनि संरक्षण गरेको बताइन् ।
कांग्रेस नेतृ कोइरालाले आयोगका अध्यक्ष अन्सारीलाई कसैको दवावमा नपरी काम गर्न आग्रह गरिन् । उनले पक्षपात भएमा फेरि पनि मुस्लिमहरूको अधिकार संस्थागत रुपमा स्थापित हुन नसक्ने बताइन् ।
आयोगका अध्यक्ष अन्सारीले पनि आफूले प्रदेश १ देखि सुझाव संकलनको अभियान थालेको भन्दै मुस्लिम समुदायभित्र रहेको शिक्षाको अभावलाई पूर्णता दिने विषयमा विशेष पहल गर्ने बताए ।
उनले मुस्लिमहरूको प्रमुख चाढहरूको विदा कटौती भएकोमा चिन्ता जनाउँदै विदाका लागि पहल गरिरहेको बताए । विदाका विषयमा सरकारलाई आफूले दवाव दिइरहेको अध्यक्ष अन्सारीले उल्लेख गरे ।
मञ्चका अध्यक्ष सलिम अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद अमनलाल मोदी, प्रदेश सांसदहरू केदार कार्की, कुशल लिम्बु, नेकपाका नेता गोपी अछामीलगायतको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत