धुर्मुस–सुन्तलीको कार्यक्रमबाट अध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ दुबईमा पक्राउ परेका छन् ।

दुबईको प्रहरीले क्रबार दुबईमा आयोजित धुर्मुस–सुन्तली साँझको कार्यक्रम स्थलबाट श्रेष्ठलाई पक्राउ गरेको हो । कार्यक्रमका मुख्य आयोजक नै पक्राउ परेपछि धुर्मुस सुन्तलीलाई झट्का लागेको छ । रंगशाला बनाउने अभियानअन्तर्गत उनीहरू रकम संकलन गर्न दुबई पुगेका थिए ।

चितवन समाज युएईको संयोजनमा युएईमा विभिन्न संघ संस्थाद्वारा आयोजित कार्यक्रमको अतिथिको रुपमा उपस्थित रहेका श्रेष्ठलाई सेक्युरेटीले बाहिर बोलाएर प्रहरीको प्रहरीको जिम्मा लगाएका थिए ।

श्रेष्ठ पक्राउ परे लगत्तै युएईका नेपाली व्यवसायी शंकर श्रेष्ठले रमेश श्रेष्ठविरुद्ध आफूले उजुरी दिएको फोन मार्फत बताएका छन् ।

व्यवसायिक लेनदेनमा आफूले पाउनुपर्ने रकम नपाएपछि श्रेष्ठविरुद्ध स्थानीय प्रशासनमार्फत अदालतमा मुद्दा दायर गरेको शंकर श्रेष्ठले बताएका छन् ।

आफूले पाउनु पर्ने ६० हजार दिर्हाम नदिएकाले उनीविरुद्द उजुरी दिएको शंकरको भनाइ छ ।

व्यवसायिक साझेदारी गरिरहेका शंकर र रमेश श्रेष्ठबीच लामो समयदेखि लेनदेन विषयमा विवाद थियो ।

युएईमा रहेर व्यवसाय गर्दै आएका एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ जिसिडी ह्युमन रिसोर्स एन्ड म्यानेजमेन्ट कन्सल्टेसीका प्रबन्धक निर्देशक हुन् ।

शंकर र रमेशले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

Published : Saturday, 2019 April 27, 5:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया