कांग्रेसका केन्द्रीय सदस्यले दिएको एम्बुलेन्स पूर्वएमालेका नेताले चल्न दिएनन्

डोटी । डोटी जिल्लामा पूर्वएमालेका एकजना नेताको हर्कतले गाउँका बिरामी जनताले सास्ती ब्यहोर्नु परेको छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले दिएको एम्बुलेन्सलाई जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रसाद ओझाले चल्न रोक लगाएका छन् । अध्यक्ष ओझाले राजनीतिक पूर्वाग्रह राखेर एम्बुलेन्स चल्न नदिएका हुन् ।

पूर्वएमाले निकटका ओझाले कांग्रेसका नेताले दिएको एम्बुलेन्स चलाउन नदिएछि डोटी कांग्रेसले आपत्ति जनाएको छ । गाउँपालिकामा एउटा पनि एम्बुलेन्स छैन ।

गाउँपालिकाका अध्यक्ष ओझाले एम्बुलेन्समा कांग्रेस नेता विष्टको नाम रहेकाले चलाउन नदिएको काइते तर्क दिने गरेको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन् ।

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विष्टले ४ महिना अगाडि एम्बुलेन्स हस्तान्तरण गरेका थिए । गृहजिल्ला डोटी रहेका विष्ट अमेरिकामा बस्छन् ।

एम्वुलेन्समा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विष्टको पहलमा ‘आमा फाउण्डेसन’बाट सहयोग जुटाएर खरिद गरेको कुरा उल्लेख गरिएको छ ।

कांग्रेसका नेता विष्टको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाका अध्यक्ष ओझाको निर्देशन र राजनीतिक पूर्वाग्रहीका कारण ४ महिनादेखि प्रथामिक स्वास्थ्य केन्द्र जोरायलमा एम्वुलेन्स थन्काएर राखिएको छ ।

गाउँपालिकाकै पहलमा ‘आमा फाउण्डेसन’ले एम्वुलेन्स खरिद गरेपनि कांग्रेस नेताको नाम उल्लेख गरिएकाले नलचाउन निर्देशन दिएको अध्यक्ष ओझाले बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष ओझाले कांग्रेसका नेताले दिएको एम्बुलेन्स नचलाउने बरु अगामी आर्थिक वर्षमा गाउँपालिकाबाट बजेट विनियोजन गरेर एम्वुलेन्स खरिद गरेर सेवा दिने बताउने गरेका छन् ।

जोरायल गाउँपालिकामा पुसमा आयोजना गरिएको एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओझा उपस्थित नभएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समिर भण्डारीमार्फत प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टेलाई एम्बुलेनस हस्तान्तरण गरिएको थियो ।

गाउँपालिकामा एउटा पनि एम्बुलेन्स छैन् । कांग्रेस नेता विष्टले आफ्नो पहलमा एम्बुलेन्स ल्याइएको भन्दै पुसको दोश्रो साता बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

बडिकेदार गाउँपालिकामा भने एम्वुलेन्स सेवा शुरू भइसकेको छ । अमेरिका नेपाल सम्पर्क समितिका सभापति समेत रहेका विष्ट जोरायल गाउँपालिका ५ गड्सेराका स्थानीय हुन् ।

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य विष्टले गाउँपालिकालाई विभिन्न दाता तथा अमेरिकामा रहेको ‘आमा फाउण्डेसन’बाट सहयोग जुटाएर प्रतिएम्बुलेन्स ११ लाख पर्ने दुई वटा एम्बुलेन्स खरिद गरेका थिए । एम्बुलेन्स खरिदका क्रममा नेपाल सरकारले कर मनाही गरेको थियो ।

Published : Sunday, 2019 April 21, 8:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया