कम्युनिस्टहरूको गतिविधिविरुद्ध प्रतिकार गर्ने बेला आउँदै छः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारको स्वेच्छाचारीता बढ्दै गएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा पुर्व सांसद एवं नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति रुद्रमणि शर्मा भण्डारीको १०औँ पूण्यतिथिका सन्र्दभमा शनिबार काठमाडौंमा आयोजित श्रद्धाञ्जलिसभामा सभापति देउवाले कम्युनिस्टहरू दुई तिहाइको आडमा स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका हुन् ।
नेपाली सेना तथा संवैधानिक निकायमाथि आफ्नो वर्चश्व कायम गर्दै लगेर ती निकायलाई कमजोर बनाउने काम सरकारबाट भइरहेको दावी गर्दै उनले त्यसविरुद्ध एकढिक्का हुन कांग्रेसका कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।
देउवाले भने, ‘सरकारका गतिविधिविरुद्धको प्रतिकार र प्रजातन्त्रको संरक्षण र सम्वर्द्धनका लागि पार्टी आन्तरिक रुपमा नै शसक्त र एकढिक्का हुनुपर्छ ।’
पूर्व सभामुख दमननाथ ढुंगानासहित नेता कार्यकर्ताको उपस्थिति रहेको उक्त श्रद्धाञ्जलि सभा नेपाली कांग्रेस गुल्मी काठमाडौं मञ्चले आयोजना गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत