कालोझण्डा देखाएर ओलीको सातो लिने युवा कांग्रेसका शुभेच्छुक

बुटवल । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सरकारी कार्यक्रममा मञ्च अगाडि पुगेर कालोझण्डा देखाउने रुद्रप्रसाद घिमिरे नेपाली कांग्रेसका शुभेच्छुक रहेको खुलेको छ ।

शनिबार बुटवलमा सरकारी पक्षले आयोजना गरेको विशाल कार्यक्रममा घिमिरे एक्लैले हिम्मत गरेर ओलीलाइृ कालोझण्डा देखाएका थिए ।

सयौं सुरक्षाकर्मी र नेपाल कम्युनिष्ट पार्टीका हजारौं कार्यकर्ताको भीडको बीचबाट मञ्च अगाडि पुगेको घिमिरेले प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाएर एकाएक भाइरल बनेका छन् ।

सामान्य परिवारका घिरिमेले बुटवलमा दुग्ध व्यवसाय गर्छन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका निवासी घिमिरे स्थानीय तहको निर्वाचनका बेला नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्ष बनेका लेखनाथ न्यौपानेको प्रचारमा हिँडेका थिए ।

प्रधामन्त्री ओलीलाई कालोझण्डा देखाउने घिमिरे अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५, साविक भगवती गाविस–१ मोडेलचौरस्थित सामन्य परिवारका ३१ वर्षीय युवा रहेको खुलेको छ ।

घिमिरे बुटवल–११ को माझगाउँमा बसेर दुग्ध संकलनको व्यवसाय गर्ने गर्छन् ।

मोडलचौरका सामान्य किसान परिवारका छोरा हुन् । उनका बुबाआमा एकदमै सोझा छन् । घिमिरे स्नातक उत्तीर्ण युवा हुन् । उनका छोरा, श्रीमती र बाबुआमा छन् ।

घिमिरे आफै भने बुटवलमा बसेर दुध व्यवसाय गर्ने गर्छन् । राजनैतिक रुपमा भने उनी नेपाली कांग्रेस निकट मानिन्छन् ।

स्थानीय तहको निर्वाचनका बेला घिमिरेले कांग्रेसका उम्मेदवारहरूलाई निकै सहयोग गरेका थिए । विजयी जुलुसमा पनि अग्रपंक्तिमा उनी नै थिए ।

घिमिरेले नबुझेर ओलीलाई कालो झण्डा देखाएका होइनन् । देशको अवस्था कालो भएरै कम्युनिस्ट प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।

घिमिरे प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देही क्षेत्र नम्वर ३ बाट नेकपाका नेता विष्णु पौडेलविरुद्ध स्वतन्त्र उमेदवारी दिएर उठेका युवा समेत हुन् ।

चुनावमा आफूले २१ मत प्राप्त गरेको घिमिरेले बताएका छन् ।

घिमिरेलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।

Published : Saturday, 2019 April 20, 10:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया