अध्यक्ष अन्सारीद्वारा टहरा बनाउन एक सय परिवारलाई जस्तापाता प्रदान
बारा, ७ वैशाख । राष्ट्रिय मुस्लिम आयोगले बाराको फेटा गाउँपालिकाका हावाहुरी पीडितहरूलाई जस्तापाता सहयोग जुटाएर हस्तान्तर गरेको छ ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले फेटा गाउँपालिका ६ पुरैनियाका बरिक एक सय परिवारलाई टहरा बनाउन आवश्यक जस्तापाता सहयोग जुटाएका हुन ।
फेटामा हावाहुरीमा परेर धेरै मुस्लिम समुदायले क्षति व्यहोरेपछि आयोगले सहयोग गर्न सबैलाई आह्वान गरेको थियो ।
करीब १० लाख रुपियाँ बराबरको जस्तापाता उपलब्ध गराइएको आयोगका अध्यक्ष अन्सारीले बताए ।
अध्यक्ष अन्सारी पुरैनिया गएर सहयोगस्वरुप जुटेको जस्तापाता वडाध्यक्ष जाकिर हुसैनलाई हस्तान्तरण गरेका हुन् ।
आयोगले पीडितलाई सहयोग गर्नसमेत सबैलाई आग्रह गरेको छ । आयोगले बर्खा सुरु नहुँदै ती बस्ती व्यवस्थापनमा ध्यान दिन केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत