देउवाद्वारा नेविसंघको प्रशंसा, आन्दोलनको तयारी गर्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले खड्गप्रसाद ओली नेतृत्वको वर्तमान कम्युनिस्ट सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको दोहोर्याएका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)को ४९औं स्थापना दिवसको अवसरमा नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले शुक्रबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा देउवाले कम्युनिस्ट सरकारबाट जनता दिक्क भएको बताए ।
उनले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली नेतृत्वको सरकारबाट जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा लाग्न पार्टीमा आवद्ध नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कार्वाही गर्नुको सट्टा बचाउ गर्ने, मूल्य बढाउने, जनतालाई करमाथि कर थोपर्नेजस्ता जनताविरोधी काम ओली सरकारले गरिरहेको आरोप देउवाले लगाए ।
सभापति देउवाले विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन छिट्टै गर्ने आश्वासन दिएका छन् ।
उनले नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू गर्ने/नगर्ने निर्णय नेविसंघकै नेताहरुको परामर्शको आधारमा निर्णय लिने स्पष्ट पारेका छन् ।
नेविसंघको नेतृत्वको चयनमा अन्याय नगर्ने सभापति देउवाको प्रतिवद्धता छ ।
सभापति देउवाले नेविसंघले नेपालको राजनीतिक परिवर्तनको ठूला–ठूला आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत