आज नेविसंघको स्थापना दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार विभिन्न कार्यक्रम गरी आफ्नो ४९औँ स्थापना दिवस मनाउँदै छ ।
नेविसंघले काठमाडौं उपत्यकासहित देशभरि विभिन्न कार्यक्रम राखेको छ । स्थापना दिवसको अवसरमा काठमाडौंमा बिहान ८ बजे नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले शुभकामना तथा चियापान कार्यक्रम राखेको छ ।
कार्यक्रमलाई सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान ८ बजे हुने कार्यक्रमलाई भव्य बनाइनेछ नेविसंघका नेता यूपी लामिछानेले बताए ।
इतिहाँसकै गाह्रो राजनीतिक समयमा जन्मिएर अनेकौं प्रतिकूल अवस्था छिचोल्दै नेविसंघले ४९औँ स्थापना दिवस मनाउँदै छ । नेविसंघ शुक्रबारदेखि ५०औं वर्षमा प्रवेश गरेको छ ।
नेपालका हरेक परिवर्तनका साक्षी, गौरवमय इतिहासको हिस्सेदार नेविसंघको स्थापना दिवसले नेविसंघभित्र उर्जा थपिएको छ ।
नागरिक स्वतन्त्रता र शिक्षामा आम नागरिकको सहज पहुँचका लागि आफ्नो तन, मन र वचनसहित आन्दोलनको क्रममा सहादत प्राप्त गरेका वीर शहीद राम, लक्ष्मण, कामेश्वर कुशेस्वर लगायत सयौँ शहीद र नेविसंघ स्थापनामा अहम भूमिक निर्वाह गर्नुहुने नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलगायतलाई उच्च सम्मानका साथ नेविसंघका नेताहरूले स्मरण गरेका छन् ।
नेविसंघ केवल एक विद्यार्थी संगठन मात्र होइन, यो सबैखाले विभेद, अभाव र अत्याचारविरुद्धको युवाहरूको सामूहिक बिद्रोही आवाज भएको नेताहरूले बताएका छन् ।
नेविसंघलाई स्थाई प्रतिपक्षका रुपमा समेत हेरिने गरिएको छ । जसले जनता, युवा, विद्यार्थीको दबाइएको आवाज मुखरित गर्दछ ।
२०२७ साल वैशाख ६ गते आजकै दिन देशमा शैक्षिक उन्नयन र प्रजातान्त्रिक व्यवस्था स्थापनाका लागि स्वयम्भुको सत्तलमा स्थापना भएदेखि आजसम्म सबैले आत्मसात गरेका ‘राष्ट्रियता, लोकतन्त्र र विद्यार्थी एकता हाम्रा आदर्श हुन’ भन्ने मूलमन्त्र झनै कसिलो बनाउन पनि नेविसंघका नेताहरूले आग्रह गरेका छन् ।
हाल देशभित्र देखिदै आएको कम्युनिस्ट सर्वसत्तावादको संकेत राज्य आतंक, शिक्षाभित्रको माफियाकरण, जनताको जग्गा, जमीन र सरकारी सम्पत्तिमाथि कम्युनिस्ट पार्टीको गिद्दे दृष्टि जस्ता विषयको पर्दाफास गर्दै कम्युनिस्ट अतिवादलाई नत्थी लगाउँदै लोकतान्त्रिक राजमार्गमा हिड्न बाध्य पार्न नेताहरूको आग्रह छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत