कुन्दनराज काफ्ले समूहले नेविसंघको स्थापना दिवस अलग्गै मनाउने
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूह निकट मानिने नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले नेविसंघको स्थापना दिवसका अवसरमा छुट्टै कार्यक्रम राखेको छ ।
नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिको कार्यक्रमसँग जुधाएर काफ्ले समूहले शुक्रबार बिहान समानान्तर कार्यक्रम राखेको थियो । चारैतिरबाट आलोचना भएपछि काफ्ले समूहले आठ बजेको कार्यक्रमलाई ११ बजेका लागि सारेका छन् ।
काफ्ले समूहले धुम्बाराहीस्थित एक फुड क्याफेमा शुक्रबार बिहान ११ बजे कार्यक्रम राखेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यक्रमलाई बहिस्कार गरेर कार्यक्रम बिथाल्ने गरेर केही दिन अगाडि दुई सय मिटर नजिकै कार्यक्रम गरेका काफ्लेले फेरि पनि कांग्रेस र नेविसंघलाई नोक्सानी हुने गरेर कार्यक्रम राखेका छन् ।
काफ्लेलाई नेपाली कांग्रेसका नेता सिटौला, गगन थापा, प्रदीप पौडेलको साथ र समर्थन रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत