चीनविरुद्ध तराईमा सल्कियो आगो, मलंगवामा प्रदर्शन
मलंगवा । तराईका विभिन्न जिल्लाहरूमा चीनविरुद्ध प्रदर्शन भइरहेका बेला सर्लाही युवाहरूले पनि चीनविरुद्ध प्रदर्शन गरेका छन् ।
सर्लाहीको सदरमुकाम मलंगवाका युवाहरूले चीनले नेपालमाथि हस्तक्षेप बढाएको तथा प्रदेश दुईमा कृषि क्षेत्रमा लगानी गरेर हस्तक्षेप गर्न खोजेको भन्दै प्रदर्शन गरेका हुन् ।
चीनले प्रदेश दुईलाई गाई दिन खोजेपछि तराईका युवाहरूले त्यसको विरोध गर्दै आएका छन् ।
यसअघि जनकपुर, राजविराजसहितका स्थानमा चीनविरुद्ध प्रदर्शन भइसकेको छ । तराईका युवाहरूले गो ब्याक चाइना भन्ने जस्ता नारा समेत लगाउँदै आएका छन् ।
Published : Wednesday, 2019 April 17, 2:16 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत