यी हुन् छोरालाई मन्त्रालयको २० करोड दिने धुन्दुकारी मन्त्री
जनकपुर । प्रदेश २ का एकजना मन्त्रीले मन्त्रालयको बजेट रकमान्तर गरी आफ्नो छोरा मेयर रहेको नगरपालिकालाई दिएको खुलासा भएको छ ।
प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरी छोरा मेयर रहेको नगरपालिकालाई दिएका हुन् । उनले २४ करोड रुपियाँ फुटकर योजनामा विनियोजन गरेका छन् ।
मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपियाँ फुटकर योजनामा रकमान्तर गरेको छ ।
सप्तरीको हनुमाननगर नगरपालिकामा मात्रै २४ करोड रुपियाँ फुटकर विनियोजन गरिएको छ ।
हनुमाननगर नगरपालिकाका मेयर शैलेशकुमार साह मन्त्री नवलकिशोरका जेठो छोरा हुन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) बाट बाबुछोराले चुनाव जितेका हुन् । छोरा मेयर रहेको हनुमाननगर नगरपालिका मन्त्री साहको संसदीय क्षेत्र पनि हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत