भूकम्पले काठमाडौंलाई हल्लायो
काठमाडौं । रसुवा र नुवाकोट जिल्लाको सिमाना केन्द्रबिन्दु भएर भूकम्पको परकम्प भएको छ ।
शनिबार बिहान १० बजेर २५ मिनेटमा रसुवा र नुवाकोटको सिमाना केन्द्रविन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो । परकम्पले काठमाडौं उपत्यकाका केही स्थानमा धक्का दिएको थियो ।
ठूलो भूकम्पपछि साना परकम्प वर्षौंसम्म आउने भएकाले सावधानी अपनाउनुपर्ने तर आत्तिनु नपर्ने केन्द्रले जनाएको छ ।
Published : Saturday, 2019 April 13, 12:39 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत