नेविसंघ सिध्याउने अभियानमा लागेका काफ्लेको सम्पत्तिको स्रोतको खोजविन शुरु

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई ध्वस्त बनाएर व्यक्तिगत स्वार्थमा सक्रिय रहेका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफूलाई सच्चाउने कुनै छाँटकाँट देखाएका छनैनन् ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहबाट राजनीति गर्दै आएका काफ्लेले नेविसंघ भताभुङ्ग बनाएको आरोप छ ।

नैनसिंह महर अध्यक्ष रहेका बेला महामन्त्री काफ्लेकै असहयोगमा नेविसंघ निश्क्रिय भएको थियो । नेविसंघ भताभुङ्ग भएको जिम्मेवारी लिन भने काफ्लेले चाहँदैनन् । दोषभरि अरुलाई दिएर चोखिन खोजेका छन् ।

काफ्ले समूहले तत्कालीन समयमा सहयोग गरेको भए अध्यक्ष महरले राम्रोसँग संगठन चलाउँने अवस्था थियो । तर, गुटको राजनीति गरेर सधैँ काफ्लेले असहयोग गरेकै कारण नेविसंघ संकटमा परेको छ ।

नेविसंघका एकजना नेताले भने, ‘नैनसिंह महरलाई असफल बनाउने बहानामा कुन्दनराज काफ्ले र उनको समूहले सधैँ असहयोग राजनीति ग¥यो । जसले गर्दा नेविसंघको यो दुर्दशा भएको छ । महामन्त्री भएको नाताले कुन्दनराज काफ्लेले नेविसंघ बिग्रिएको जिम्मेवारी लिनुपर्छ ।’

नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले विपक्षी दल आवद्ध ११ विद्यार्थी संगठनहरूलाई संगठित बनाएर कम्युनिस्ट सरकारविरुद्ध काठमाडौंमा शुक्रबार भव्य कार्यक्रम गरेपछि तनावमा परेका पूर्वमहामन्त्री काफ्लेले आफू निकटका सीमित व्यक्तिलाई शुक्रबार बाल्मिकी क्याम्पसमा उपस्थिति गराए विरोध गरेका छन् । उनको यो हर्कतले नेविसंघ र नेपाली कांग्रेसलाई नोक्सानी पुगेको आरोप छ ।

महामन्त्री काफ्लेको कार्यक्रममा नेविसंघका निवर्तमान उपाध्यक्षहरू रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, निवर्तमान सह–महामन्त्री माधव ढकाल, पूर्व सहमहामन्त्री बलदेव तिमिल्सना, निवर्तमान केन्द्रीय सदस्यहरू सुशील भट्ट, नवराज त्रिपाठी, उमेश थापा मगर, जानुका पन्त, मेली शाह, शैलेन्द्र गौडेल, रामहरि ढुंगेल, पूर्व केन्द्रीय सदस्यहरू जित शेरचन, युवराज पाण्डेय, ईन्दु शर्मालगायतका सीमित विद्यार्थी सहभागी थिए ।

उता, काफ्लेको अराजक गतिविधिसँगै नेविसंघका कार्यकर्ताहरूले उनको सम्पत्तिको स्रोत खोज्न थालेका छन् । कुनै पेशा व्यवसाय नभएका काफ्लेको सम्पत्तिको स्रोतको खोजी हुन लागेको हो ।

नेविसंघको राजनीति गर्दा गर्दै काठमाडौंको बुढानिलकण्ठमा भव्य महल खडा गरेका पूर्वमहामन्त्री काफ्लेको आर्थिक हैसियतका विषयमा प्रश्न उठेको छ ।

काफ्लेले करीव २ रोपनी जग्गामा आलिसान महल बनाएका छन् । उनले यो महल कसरी बनाएका हुन् खुलाएका छैनन् । नेविसंघका नेता तथा कार्यकर्ताहरूले काफ्लेको घरको आम्दानीको स्रोत खोज्न थालेका छन् ।

विद्यार्थी आन्दोलन गर्ने बहानामा नेविसंघको राजनीति गर्ने बेला संकलन गरेको चन्दाबाट काफ्लेले घर जग्गा जोडेको चर्चा हुन थालेको छ ।

Published : Friday, 2019 April 12, 10:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया