सिडिओ र मेयरले धर्मशाला कब्जा गर्न खोजेपछि कांग्रेसद्वारा विरोध

वीरगञ्ज । नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले वीरगञ्ज उपमहानगरपालिकाका प्रमुख विजयकुमार सरावगी र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको नियतमाथि शंका उठाएका छन् ।

मंगलबार वीरगञ्जमा पत्रकार सम्मेलन गरेर सभापति द्विवेदीले वीरगंजको मुटु मानिने आदर्शनगरस्थित हजारीमल धर्मशालाको भौतिक सामग्रीहरू कसको आदेशमा कसले लगिरहेको छ ? भनेर प्रश्न गरे । उनले वीरगंजका बासिन्दालाई यो विषयमा कुनै चासो नहुनु आफैमा बिडम्बना भएको बताए ।

एक महिना अगाडि हजारीमल धर्मशालाका बारेमा पत्रकार सम्मेलन गरी त्यसको भौतिक संरचनाहरू तोडफोड भइरहेको सन्दर्भमा पर्सा प्रमुख जिल्ला अधिकारी भट्टराईलाई ज्ञापन–पत्र दिई ध्यानाकर्षण गरउँदा पनि कुनै चासो नदेखाउनुको पछाडि कतै बदनियत त छैन ? भनि सभापति द्विवेदी प्रश्न गरेका छन् ।

स्थानीय प्रशासन र मेयर विजय सरावगीको मिलिभगतमा सार्वजनिक सम्पतिमाथि गिद्धेदृष्टि लगाएको उनले आरोप लगाए ।

हजारीमल धर्मशाला कब्जा गर्न २०६४ सालदेखि नै ग्राण्डडिजाइन रचिदै आएको उनले बताए । मेयर सरावगीले नै षड्यन्त्र गरेर धर्मशाला कब्जा गर्न खोजेको सभापति द्विवेदीले बताए ।

Published : Wednesday, 2019 April 10, 10:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया