भकुण्डेबेसीमा कम्युनिस्ट सरकारविरुद्ध कांग्रेसको आमसभा

बनेपा । नेपाली कांग्रेसले काभ्रे जिल्लाको क्षेत्र नं. १ ले भकुण्डेवेशीमा कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध आमसभा गर्दै छ ।

काभ्रे कांग्रेस क्षेत्र नं. १ को कार्यसमितिले बुधबार आमसभा गर्न लागेको हो । क्षेत्रीय सभापति एवम् पूर्वसांसद तीर्थ लामाका अनुसार आमसभाका क्रममा कांग्रेसको कार्यालयको पनि उदघाटन गरिनेछ ।

आमसभालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल, शिवप्रसाद हुमागाइँलगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

कांग्रेसममा ख्यातिप्राप्त कलाकारहरूले विशेष प्रस्तुति दिने जनाइएको छ । कलाकारहरू देवी घर्ती मगर, सन्ध्या बुढा ‘काउली बुढी, कुमार कट्टेल, अर्जुन घिमिरेको प्रस्तुति हुनेछ ।

काभ्रे कम्युनिस्ट सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको गृहजिल्ला पर्छ ।

Published : Wednesday, 2019 April 10, 8:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया