गुट अन्त्य भयो भने मात्रै कांग्रेसले जित्छः शशांक कोइराला

लमजुङ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्र गुट, उपगुट रहेसम्म कांग्रेस पहिलो दल बन्न नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन लमजुङ शाखाले मंगलबार बेशीसहरमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री डा.कोइरालाले आफू गुट, उपगुट हटाएर सिंगो कांग्रेस बनाउन लागेको बताए ।

‘गुट, उपगुट नरहे मात्रै कांग्रेस पहिलो दल हुन्छ । कांग्रेसलाई पहिलो हुन कसैले रोक्दैन’, उनले भने, ‘मेलमिलाप र एकताको बाटोमा हामी लाग्नुपर्छ ।’

महामन्त्री डा.कोइरालाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली सरकारले भ्रष्टाचार रोक्न नसकेको आरोप लगाए ।

‘महँगी र कर आकाश छुने गरी वृद्धि भइराखेका छन्’, उनले भने, ‘वाइड बडीमा भएको भ्रष्टाचार पनि खोजी गरिएको छैन । किन ?’

Published : Tuesday, 2019 April 9, 6:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया