शीर्ष नेताहरूको बैठकमा गच्छदारको मर्मस्पर्षी अभिव्यक्ति

काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीभित्र साठी र चालीस प्रतिशतको भागबण्डामा पद र जिम्मेवारी बाँडफाँट हुन थालेपछि उपसभापति विजयकुमार गच्छदारले त्यसमा आफ्नो स्थान खोजेका छन् ।

पार्टीका विभिन्न विभागहरूको गठनबारे पार्टी पदाधिकारी तथा शीर्ष नेताहरूबीच सभापति देउवाको निवासमा सोमबार बिहान बुढानिलकण्ठमा भएको अनौपचारिक छलफलका क्रममा गतवर्ष निर्वाचनको पूर्वसन्ध्यामा फोरम लोकतान्त्रिक पार्टीलाई मिसाएर कांग्रेस उपसभापति बनेका गच्छदारले नेतृत्वको रवैयाप्रति असहमति प्रकट गरेका हुन् ।

पार्टी एकीकरण गर्दादेखि नै आफूलाई केन्द्रीय समिति सदस्यमा १५ जना सदस्य मनोनीत गर्ने आश्वासन दिएपनि अहिलेसम्म नभएकोमा आक्रोश व्यक्ति गरेका छन् ।

‘म कता हो ? साठी कि चालीसमा ?’, गच्छदारको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘मसँगै आएका साथीहरुलाई पार्टीमा कहिँ भूमिका दिनु पर्दैन ?’

पार्टीमा दुई नेताबीच भागवण्डाको कुरा चल्दा उनले आफूलाई पनि विभागहरुको भाग चाहिने बताउँदै यदि यसरी नै नेताहरुले आपसमा बाँडिचुढी गर्ने हो भने आफू दुबै नेताको विरुद्धमा उत्रने धम्की दिएका थिए ।

जवाफमा सभापति देउवाले तपाईको विषय पनि मिलाउने हो म मिलाउँछु चिन्ता नगरौँ भनेर गच्छदारलाई मनाएका छन् ।

गच्छदारको पुरानो पार्टीसँगको एकीकरण प्रक्रिा टुंगो लगाउन गठित निधि नेतृत्वको कार्यदलको बैठक चैत २८ गते बस्दैछ ।

Published : Monday, 2019 April 8, 11:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया