तराईमा चीनविरुद्ध प्रदर्शन, बेइजिङलाई तनाव
जनकपुरधाम । चीनले नेपाली राजनीति र अर्थनीतिमाथि हस्तक्षेप बढाइरहेका बेला तराईका युवाहरूले चीन विरोध प्रदर्शन गरेका छन् ।
जनकपुरधाममा स्थानीय युवाहरूले आइतबार चीनविरुद्ध प्रदर्शन गरेको प्रहरीले जनाएको छ । चीनले नेपाललाई गाई दिने प्रस्ताव अगाडि सारेपछि तराईको युवा आक्रोशित भएका हुन् ।
नेपालमा भएका गाईको संरक्षण हुन नसकी रहेका बेला चीनले गाई दिन प्रस्ताव गरेको छ । चीनबाट गाई ल्याउन नहुने भन्दै विरोध हुँदै आएको छ ।
युवाहरूले जनकपुरधाममा ‘चाइना गो ब्याक’ को नारा पनि लगाएका छन् ।
जनकपुरधामको भानु चोकबाट नारावाजीसहित आएका युवाहरूले शिव चोकसम्म प्रदर्शन गरेका थिए ।
चीनविरुद्ध तराईमा प्रदर्शन भएको यो पहिलो पटक होइन । बेलाबेला चीनविरुद्ध प्रदर्शन हुँदै आएको छ ।
तराईमा चीनविरुद्ध प्रदर्शन भएपछि बेइजिङलाई तनाव भएको छ । फ्रितिब्बतको नारा लागेर बेलाबेला काठमाडौंमा प्रदर्शन भइरहेका बेला जनकपुरधाममा भएको प्रदर्शनले धेरैको टाउको देखाइ भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत