औषधिसहित बारा पुगे डा.गोविन्द केसी, शिविर चलाउँदै
काठमाडौं । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा.गोविन्द केसी हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन् ।
हावाहुरीबाट घाइतेहरूको उपचार गर्न केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन् । उनले त्यहाँ स्वास्थ्य शिविर चलाउने छन् ।
पीडितलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्नेछन् । केसी सोमबार रात्रिबस चढेर एक्लै बारा हिँडेका थिए । उनले विभिन्न प्रकारको औषधि बोकेका छन् । फेटा बाराको सबैभन्दा बढी हावाहुरी प्रभावित ठाउँ हो ।
डा.केसीले सो क्षेत्रमा मंगलबार दिनभरि शिविर चलाउने भएका छन् । उनले हाडजोर्नी सम्बन्धी औषधी बढी बोकेका छन् । यस्तै, सिटामोल, पारासिटामोललगायत विभिन्न प्रकारका औषधि वितरण गर्नेछन् ।
आफ्नो व्यक्तिगत खर्चमा उनी हावाहुरी पीडितको उपचार गर्न गाउँमै पुगेका हुन् । सोमबार राति हावाहुरी आउँदा बारा र पर्सा जिल्लामा २८ जनाको मृत्यु भएको थियो ।
घटनामा तीन सय बढी घाइते छन् । घाइतेहरूको बारा र पर्साका विभिन्न अस्पतालहरूमा तथा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत