उदयशम्शेर राणाद्वारा बारा–पर्साका पीडितहरूलाई गासबासको व्यवस्था गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले बारा र पर्सा जिल्लामा भएको विनाशकारी हावाहुरीबाट भएको जनधनको क्षतिबाट आफू मर्माहत भएको जनाएका छन् ।
राणाले आइतबार बिहान फेसबुकमा स्टाटस लेखेर बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत रहेका राणाले घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।
‘घाइतेको उपचारका लागि विशेषज्ञ चिकित्सकको व्यवस्था होस्’, उनले भनेका छन्, ‘पीडित परिवारको गास र बासको यथाशीघ्र व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँछु । पार्टीका स्थानीय साथीहरूलाई दुखद् क्षणमा राहत वितरण र उद्धारमा सहयोग गर्न आग्रह गर्दछु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत