लगानी सम्मेलनमै ओलीलाई झट्का, अगतिलो कामले मन्त्रीको शिर निहुरियो

काठमाडौं । कम्युनिस्ट सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले लगानी सम्मेलनमा आयोजकले दिएको उपहार लिन अस्वीकार गरेका छन् ।

शुक्रबारदेखि शुरु भएको सम्मेलनको उद्योगसम्बन्धी सत्रको सभाध्यक्षसमेत गरिरहेका मन्त्री यादवले सत्रको समापनपछि दिइएको उपहार अस्वीकार गरेका हुन् ।

आयोजकका तर्फबाट सत्रमा सभाध्यक्ष, सहजकर्ता तथा सबै वक्ताहरूलाई उपहार (मायाको चिनो) हस्तान्तरण गर्ने कार्यक्रम थियो ।

मन्त्री यादवले उपहार नलिने भन्दै आसनबाट उठ्न चाहेनन् । उपहार लिन अस्वीकार गरेपछि आयोजकका तर्फबाट उपहार लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट मन्त्रीको आसननजिकै पुगेर आग्रह गरे पनि उनले लिन मानेन् ।

उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा, सूर्य नेपाल प्रालिका कार्यकारी निर्देशक अभिमन्यु पोद्दार, गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छा, हुवासिन सिमेन्टका उपाध्यक्ष सु गाङ वक्ताका रूपमा सहभागी थिए ।

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक प्रदीपकुमार श्रेष्ठले सहजकर्ताको भूमिकामा थिए । मन्त्री यादवबाहेक अन्य सबै सहभागीले आयोजकको उपहार ग्रहण गरेका थिए ।

लगानी सम्मेलनको उदघाटन सत्रमा उद्योगमन्त्री यादवले अग्रस्थानमा बस्ने सिट नपाएपछि झोक्किँदै हलबाट बाहिरिएका छन् ।

त्यसपछि उनले पत्रकारसहित अन्यका लागि व्यवस्था गरिएको डिजिटल डिस्प्ले भएको हलमा आई त्यही बसेर उदघाटन सत्र हेरेका थिए ।

लगानी सम्मेलनको तयारीका क्रममा छायामा परेका उद्योगमन्त्री यादव भव्य उदघाटन समारोहमा पनि मन्त्रीहरूको लाइनमा थिएनन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओली र अर्थमन्त्री डा.युवराज खतिवडा मञ्चमा थिए । अरू मन्त्री अग्रस्थानमा थिए ।

उद्योगमन्त्रीले त्यहाँ सिट नपाएपछि झोक्किएर कार्यक्रमको हलबाटै बाहिरिएका थिए ।

Published : Saturday, 2019 March 30, 10:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया