नेविसंघ एक हप्ताभित्र गठन हुने, आधा दर्जन नेताद्वारा अध्यक्षमा दाबी
चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गरिने बताएका छन् ।
भरतपुरमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए । नेता डा.महतले यसअघि नेविसंघ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको बताउँदै गठित तदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गरी सक्नुपर्ने उनले बताए ।
डा.महतले नेविसंघको विधानअनुरुप अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्छ तर, तदर्थ समितिमा भने उमेरको हद लागू नहुने बताए । उनले सरकारका काम कारवाही चित्त बुझ्दो नरहेको आरोप लगाए ।
लगानी सम्मेलन महत्वपूर्ण भएपनि यसका लागि सरकारले व्यापक गृहकार्य गर्न नसकेको बताउँदै उनले सम्मेलनलाई सबैले सफल बनाउनुपर्नेमा जोड दिए ।
नेविसंघको अध्यक्ष पदमा आधा दर्जन विद्यार्थी नेताहरूले दाबी गर्दै आएका छन् ।
सहमहामन्त्री डा.महतले आफू निकटका प्रेमराज जोशीलाई अघि सार्ने योजनामा छन् । शेरबहादुर देउवा समूहबाट ऋषिकेशजंग शाह, डोजाङ शेर्पा, अम्बिका चलाउने, रामचन्द्र पौडेल गुटका शिव रिमाल, डा.शशांक कोइरालाले सागर परियार, कृष्णप्रसाद सिटौला गुटबाट सुशील भट्ट, नवराज त्रिपाठी, गणेश सापकोटालगायतको नाम नाम आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत