प्रदेश ५ का कांग्रेस संसदीय दलका नेता बिरामी, डा.कोइरालाद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रदेश ५ मा कांग्रेसका संसदीय दलका नेता बलदेव शर्माको स्वाथ्य अवस्थाको जानकारी लिएका छन् ।

अस्वास्थ्य रहेका शर्मालाई डा.कोइरालाले बुटवलमा भेटेर स्वास्थ्यको बारेमा जानकारी लिएका हुन् ।

जिल्ला दौडाहामा रहेका कांग्रेस नेता डा.कोइरालाले शर्माको स्वास्थ्यका परीक्षणको रिपोर्ट पनि हेरेका थिए । डा.कोइराला आफू स्वयं पनि चिकित्सक हुन् ।

संसदीय दलका नेता शर्माले अस्वस्थ्य भएपछि उपचार गराइरहेका छन् ।

नेपाली कांग्रेसका नेता डा.कोइरालाले पार्टीलाई सुदृढ बनाउने अभियानमा आफूलाई केन्द्रित गराउँदै आएका छन् ।

चितनवसहितका जिल्लाहरूमा उनले कार्यकर्ताहरूसँग भेटवार्ता गर्नुका साथै प्रशिक्षण कार्यक्रमहरूमा समेत सहभागी हुँदै आएका छन् ।

कम्युनिस्ट सरकारको अधिनायकवादले जनतालाई दुःख दिएको डा.कोइरालाको भनाइ छ ।

Published : Friday, 2019 March 29, 11:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया