जापानमा ‘काण्ड’ नगर्न कम्युनिस्ट मन्त्रीलाई रामहरि खतिवडाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जापानमा रोजगारीको अवसर दिइनेबारेमा सम्झौता भएकोमा खुसी व्यक्त गर्दै मलेसियामा जस्तो ‘काण्ड’ नगर्न सुझाव दिएका छन् ।

मलेसियामा रोजगारीमा पठाउन श्रममन्त्री गोकर्ण विष्टले जापानमा रोजगारीमा पठाउँदा आफ्नालाई मात्रै अवसर दिए जस्तो नगर्न आग्रह गरेका छन् । कांग्रेसका युवा नेता खतिवडाले मन्त्री विष्टको नियतमाथि प्रश्न उठाएका छन् ।

‘जापानमा रोजगारको अवसरबारे सरकारले सम्झौता गरेकोमा खुसी लाग्यो’, बुधबार बिहान ट्वीट गर्दै कांग्रेस नेता खतिवडाले भनेका छन्, ‘स्व.कृष्णप्रसाद भट्टराई (२०५६ मा) प्रधानमन्त्री हुँदा शुरु भएको यो कार्यअहिले सम्पन्न भयो । खुशी लागेको छ ।’

‘तर श्रममन्त्रीले मलेसियामा जस्तै आफ्ना सहयोगीले मात्रै काम नपाई अरुलाई रोक्ने काम नहोस्’, उनले भनेका छन्, ‘प्रचार मात्रै होइन काम होस् ।’

नेपाल सरकार र जापान सरकारबीच नेपाली युवाहरू रोजगारीमा लैजाने सहमति भएको छ । यो सहमतिलाई कांग्रेस नेता खतिवडाले सर्तकर्तापूर्व प्रतिक्रिया दिएका छन् । उनको यो टिप्पणीले कम्युनिस्ट सरकारलाई केही असजिलो हुनेछ ।

नेपाली कांग्रेसकै सरकारले ०५६ सालमा जापानसँग रोजगारी खुलाउने प्रयास गरेको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गरेको प्रयास ढिलै भएपनि कार्यान्वयनमा गएकोमा कांग्रेसले खुसी व्यक्त गरेको छ ।

हुन त कम्युनिस्ट सरकारका श्रममन्त्री विष्टले मलेसियामा रोजगारी बन्द गरेको छ । विष्टले आफू निकटका व्यवसायीलाई रोजगारीमा पठाउन जिम्मेवारी दिन आलटाल गरेको तथा विभिन्न चलखेल गरेको आरोप छ ।

Published : Wednesday, 2019 March 27, 10:39 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया